प्रधानमन्त्रीले लिए दुई बालबालिकाको अभिभावकत्व

102

छिनछिन खबर
सिरहा, वैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् ।
सिराहाको रामदुलारी मावि कल्याणपुर– ११ की रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम) लाई प्रधानमन्त्रीले विद्यालय भर्ना गराएका हुन् । ती बालबालिकालाई ओलीले पुस्तक र पोशाक पनि वितरण गरे ।

आउँदो दुई वर्षमा नेपालले निरक्षरता अन्त्य गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यमा पुग्न यतिखेर देशभरि नै विद्यार्थी भर्ना अभियान जारी छ ।

Womui
Womui