जेष्ठ नागरिकलाई किटनाशक झुल वितरण

123

खजुरा (बाँके), बैशाख ५-
बाँकेको खजुरा गाउँपालिका वडा नम्वर ५ का ज्येष्ठ नागरिकलाई बुधबार झुल तथा टर्चलाइट वितरण गरिएको छ । लक्षित बर्गको बजेटबाट वडा नम्वर ५ मा रहेका २ सय ३० जना जेष्ठ नागरिकलाई किटनाशक झुल र टर्च लाइट वितरण गरिएको वडाअध्यक्ष देवेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

जेष्ठ नागरिकलाई सुपानेट झुल र टर्च लाईट वितरण गरिदै ।जेष्ठ नागरिकलाई लामखुट्टेबाट जोगाउन किटनाशक सुपानेट झुल वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । गर्मी बढ्दै गएकाले लामखुट्टेको टोकाईबाट लाग्ने रोगबाट जोगाउन गाउँपालिकाले अधिकांश जेष्ठ नागरिकलाई प्रत्येक वडा कार्यालयमार्फत सुपानेट झुल वितरण गर्दै आएको छ । जेष्ठ नागरिकलाई सम्मान गर्दे वडा अध्यक्ष श्रेष्ठले आगामि योजनामा थप सेवा प्रदान गर्ने जनाए । यसअघि खजुरा गाउँपालिकाका विभिन्न वडाले वडावासी जेष्ठ नागरिकलाई सम्मान गरिसकेका छन् ।

 

Womui
Womui