आँपको संरक्षण हुन सकेन

386

छिनछिन खबर
लहान, वैशाख ५ । पूर्व–पश्चिम राजमार्ग सिराहा र सप्तरी सडकखण्डमा रहेका आँपको संरक्षण नहँुदा बर्सेनी लाखौं रुपयाँको घाटा हुँदै आएको छ । राजमार्गको दुबैतर्फ छेउमा रहेका रुखबाट बर्सेनी प्रर्याप्त मत्रामा आँप फल्ने गरे पनि डिभिजन सडक कार्यालय लहानले संरक्षणमा ध्यान नदिँदा त्यत्तिकै खेर गइरहेको छ ।

संरक्षण नहुँदा भएको आँप केही काँचै झर्छ भने अरु बटुवा गाडीका चालक र यात्रुहरुले टिप्ने गरेको सिराहाको गोलबजारका श्रीप्रसाद साह बताउँछन् । राजमार्ग छेउमा कति संख्यामा आँपको रुख छ भन्ने सडक डिभिजन कार्यालयसँग कुनै तथ्यांक छैन । अहिले सम्म आँपको रुखको गणना नै गरिएको छैन । आँपको रुखको बोलपत्र आह्वान गरेर ठेक्का दिइनु पर्ने साहको भनाइ छ । ‘ठेक्कामा लगाउन सके पर्याप्त आम्दानी हुने सम्भावना छ,’उनले भने ।

सरकारले एक गाउँ एक उत्पादनमा जोड दिएपनि सिराह सप्तरी र राजमार्गको छेउमा हुर्केका आँपको संरक्षण हुन नसकेको लहान नगरपालिकाका किसन सत्रुधन चौधरी बताउँछन् । सिराहा–चोहर्वा सडक छेउमा रहेका तीन सयभन्दा बढी आँपका रुखको संरक्षण हुन सकेको छैन ।

Womui
Womui