मेयर कप क्रिकेटको उपाधी होलील्यान्डलाई

53

नेपालगन्ज-कलेज स्तरिय प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि होलिल्यान्ड उच्च माध्यामिक बिद्यालय नेपालगन्जले जितेको छ । स्थानीय मंगलप्रसाद उच्च माबिको खेल मैदानमा आइतबार सम्पन्न खेलमा एबिसी स्कुललाई २६ रनले पराजित गर्दै उपाधी जितेको हो । टस हारेर पहिला ब्याटिङ गरेको होलील्यान्डले १४ ओभरमा २ बलमा सबै बिकेट गुमाउँदै ८६ रन बनाएको थियो । उसका लागि रितिक बिष्ट २२ हिमाल खड्का १३ तथा विजय चौधरीले ११ रन बनाएका थिए ।

एविसीका बलर आशिष बिष्ट, अफजल पठान र शुभम बिएमले समान तीन/तीन बिकेट लिएका थिए । जवाफी ब्याटिङमा आएको एबिसी १६ ओभर ४ बलमा अल आउट हुँदै मात्र ६९ रन मात्र बनायो । उसका लागि साशिल अन्सारीले १६, हुसेनले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् । होलील्यान्डका बलर विजय चौधरी, एस हमालले समान चार/चार बिकेट लिए ।

प्रतियोगिताका बिजेता तथा उपविजेता खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवलसम्शेर राणा, उपमेयर उमा थापामगर, राखेपका सदस्य विनोद मैनाली लगायतले पुरस्कार वितरण गरेका थिए । विजेता तथा उपविजेता टोलीलाई खेल सामग्री दिइएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघको प्रविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा ६ वटा कलेजको सहभागिता रहेको थियो ।

Womui
Womui