डुडुवा गाउँपालिकामा ‘बिद्यालय स्वागत तथा भर्ना अभियान’

121

नेपालगन्ज-बाँकेको डुडुवा गाउँपालिकाले बिद्यालय स्वागत तथा भर्ना अभियान आइतबारबाट सुरु गरेको छ । बच्चाको भर्ना मेरो सामाजिक दायित्व पहुँचको सुनिश्चिता र सिकाईमा स्थायित्व भन्ने मुल नाराका साथ एक कार्यक्रमका बीच अभियान शुभारम्भ गरियो ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले अभियान शुभारम्भ गर्दै गाउँपालिका अन्र्तगतका बिद्यालयहरुमा बाहिर रहेका सम्पुर्ण बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गराउने अभियान प्रभावकारी रुपमा लैजाने प्रतिबद्धता जनाए । उनले शिक्षाको अवस्थामा व्यापक सुधार ल्याउन योजना नै निमार्ण गरि अघि बढेको बताए । गाउँपालिकाले सुरु गरेको घर–घरमा एसइइ अभियान अन्र्तगत अब कुनैपनि घरमा अशिक्षित नागरिक नहुने बिश्वास गरे ।

गाउँपालिकाका हरेक नागरिकको सोचमा परिवर्तन गरि शिक्षित बनाएर बालबालिकालाई बिद्यालय पठाउनेतर्फ उत्पे्ररित गरिने बताए । बिद्यालय भर्ना अभियानमा गाउँपालिकामा घरधुरी सर्भेक्षणका लागि खटिएका करिब ६० जना संकलकले सोमबारदेखि १५ दिनसम्म भर्ना अभियानलाई सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्र्तगत प्राविस्तरका १५ वटा, आधारभुत स्तरका २ वटा, मदरसा १३ वटा र गुरुकुल १ गरि जम्मा ३१ वटा सामुदायिक बिद्यालय रहेका छन् ।

यही बैशाख ८ गतेदेखि ती सबै बिद्यालयमा बिद्युतीय हाजिरी र प्रोजेक्टरको माध्यमले इ–शिक्षा प्रदान गरिने शिक्षा शाखाले जनाएको छ । गाउँपालिकामा अहिले करिव २० प्रतिशत बालबालिका बिद्यालयबाहिर रहेको तथ्याक छ । शुभारम्भ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, प्रेस सल्लाहकार राकेशकुमार मिश्र, वडा सचिव मानबहादुर बोगटी, घरधुरी सर्भेक्षण अभियानका संयोजक प्रभाकर भटराई लगायतले विद्यालय बाहिर रहेका डुडुवाका बालबालिकालाई अभिभावक शिक्षा प्रदान गरि तिनीहरुलाई भर्ना अभियानमा सफल गराई नियमिततामा जोड दिए ।

Womui
Womui