सिरियामा किन पश्चिमाले आक्रमण गरे ?

143

काठमाडौं, (एजेन्सी)– शनिबार सबेरै अमेरिकाले आफ्ना सहयोगी बेलायत र फ्रान्सलाई साथ लिएर सिरियामाथि क्षेप्यास्त्र आक्रमण ग‍रेपछि सारा विश्वमा त्रास उत्पन्न भएको छ । किन पश्चिमाले खतरनाक हतियार प्रयोग गरेर आक्रमणलाई तीव्र पारे भनेर सबैतिर चासो र चिन्ता बढेको छ ।

सिरियामा अमेरिकी गठबन्धनले ‘स्टोर्म स्याडो’, राफेल विमान र बी–१ वमवर्षक जस्ता घातक हतियार र विमान प्रयोग गरेका छन् । कतिपयले सिरियामाथिको पश्चिमी हमलाले विश्वमा थप गुटबन्दी निम्त्याउने बताइरहेका छन् ।

Womui
Womui