कांग्रेस नेता खुमबहादुर खड्काको अन्तिम संस्कार आज

49

काठमाडौ, चैत १८ । नेपाली कांगे्रसका नेता खुमबहादुर खड्काको आज (आइतबार) पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । परिवारको सहमतिमा कांग्रेसले पार्टी केन्द्रीय सदस्यसमेत रहेका खड्काको आइतबार दिउँसो पशुपति आर्याघाटमा अन्तिम संस्कारको तयारी गरिएको हो ।


उपचारको क्रममा शुक्रबार नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका खड्काको यस अघि उनकै गृह जिल्ला दाङमै दाहासंस्कार गर्ने तयारी थियो । ६७ वर्षीय खड्काको पार्थिव शरीर शनिवार राति नयाँ दिल्लीबाट काठमाडौं ल्याइएको थियो । बिहान ९ बजेसम्म आफ्नै घरमा राखिने खड्काका पार्थिव शरीर दिउँसो १ बजेसम्म सानेपास्थित पार्टी कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

Womui
Womui