प्रदेश आइडलको प्रतिस्पर्धामा बाँके खजुराकी सावित्री

136

नेपालगन्ज-‘प्रदेश आइडल’ खजुरा गाउँपालिका, बाँके निवासी सावित्री अधिकारी प्रतिस्पर्धामा उत्रिएकी छन् । उनी उत्कृष्ट ७ मा पर्न सफल भएकी छन् । एसएमएस भोटिङमार्फत आफ्नो पक्षमा आइडलको नतिजा ल्याउन उनी केहीदिन देखी आफन्त, इष्टमित्र, शुभचिन्तकलाई भेट्न ब्यस्त छिन् । सावित्रीलाई भोट दिन मोबाईलको म्यासेज बक्समा 6pi टाइप गरेर एक स्पेस छाडी 1 लेखेर 33001 मा पठाउन सकिन्छ ।

आफुलाई एसएमएस भोटिङ गरी आइडलमा बाँके लगायत समग्र पश्चिम क्षेत्रका बासिन्दाले जिताउनेमा उनले विश्वास गरेकी छन् । आइडलमा उनीसँग अन्य ६ जना पुरुष प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् । सिंगारो म्युजिक प्रा.लि.ले आयाजना गरेको उक्त आइडलका लागि आगामी चैत १७ गते सम्म एसएमएसमार्फत भोटिङ खुला गरिएको छ । सावित्राले आफुलाई एसएमएस मार्फत भोटिङ गरेर आइडलमा जिताउन सबैसँग अपिल गरेकी छन् । ‘एउटा सिमबाट जति पटक पनि एसएमएस गर्न सकिन्छ, मलाई जतिसक्दो धेरै भोटिङ गरेर जिताउन र अगाडी बढ्ने हौसला दिनुहुन अनुरोध गर्दछु,’ उनले भनिन् ।

उक्त आइडलमा पहिलो हुनेलाई ३ लाख, दोस्रोलाई २ लाख, तेस्रोलाई १ लाख र सान्त्वना हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । गायन क्षेत्रमा आफुलाई स्थापित गर्ने क्रममा रहेकी सावित्री यसअघि कृष्णसार आइडल, गोल्डेन आइडल, मध्यपश्चिम आइडल र नेपाल आइडलमा पनि सहभागी भएर विभिन्न स्थान प्राप्त गरेकी थिईन् । आयोजकले आगामी चैत ३० गते निर्णायक मण्डल, लाइभ भोटिङ र एसएमएस भोटिङमार्फत विजेता घोषाणा गर्ने तयारी गरेको छ ।

Womui
Womui