डाँफे कप फुटबल प्रतियोगिताको तयारी

129

नेपालगन्ज-बाँकेको खजुरामा हुन लागेको डाँफे कप फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । यही फागुन २४ गतेदेखी खजुरास्थित आदर्श आधारभुत बिद्यालय डि गाउँको खेलमैदानमा प्रतियोगिता हुन लागेको हो ।

आयोजक न्यू डाँफे स्पोट्स क्लबका अध्यक्ष तिलकवीर सुनारले सोमबार पत्रकार सम्मेलन गर्दै तयारी तिब्र पारिएको बताए । उनका अनुसार पाँचौं संस्करण अन्तर्गत हुन लागेको प्रतियोगिताका विजेतालाई १ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेतालाई ६५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ । साथै वेष्ट प्लेर र वेष्ट स्कोररलाई जनही २५ सय रुपैयाँ दिइने बताइएको छ । प्रतियोगितामा जिल्लाका १३ वटा क्लबले सहभागिता जनाउने अध्यक्ष सुनारले जानकारी दिएका छन् । उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन गरिनेछ । उक्त प्रतियोगिता सम्पन्न गर्न ४ लाख २६ हजार १ सय १० रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

उक्त प्रतियोगिताको पहिलो संस्करणमा विजेतालाई २५ हजार, दोस्रो संकरणमा बढाएर ४० हजार, तेस्रोमा ५५ हजार र चौथो संस्करणमा दोब्बर बढाएर १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो । पत्रकार सम्मेलनमा क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भिम ओली, फुटबल संघ (एन्फा) का पुर्वकेन्द्रिय उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, एन्फा बाँके जिल्ला अध्यक्ष भोजराज शाही लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिए ।

Womui
Womui