होसियार ! छिनभरमै मोटरसाइकल खरानी होला

246

रमण ओली-नेपालगन्जको सल्यानीबागमा आइतबार दिउँसो मोटरसाइकलमा आगलागी भएको छ । सल्यानीबाग मोडमा रहेको न्यु कादरी ग्रिल उद्योगमा बेल्डिङ गर्ने क्रममा भे १ प ५९०३ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो । दिउँसो ३ बजेतिर नेपालगन्ज गणेशपुरका नविनकुमार जिसीले आफ्नो मोटरसाइकलको भाँचिएको स्ट्याण्ड बेल्डिङ गर्न ग्रिल उद्योगमा लगेका थिए । ट्यांकी फुल गरिएको उक्त मोटरसाइकलमा बेल्डिङ गर्ने क्रममा पेट्रोललाई भेटाउँदा आगलागी भएको हो ।

आगलागी हुने बित्तिकै नेपालगन्ज उपमहानगरपालिकाको दमकललाई खबर गरेपनि नआएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । ‘मोटरसाइकलमा आगो लाग्ने वित्तिकै दमकललाई फोन गरेर बोलायौं, धन्न ठुलो क्षति हुन पाएन,’ एक स्थानीय बासिन्दाले भने ‘नजिकै प्रज्वलनशिल पदार्थ हुन्थ्यो भने अझ ठुलो घटना हुन्थ्यो, आगलागी जस्तो घटनामा दमकलका कर्मचारी सजग रहनुपर्छ ।’

नजिकै मोटरसाइकलबाट लागेको आगोको मुस्लोले ग्रिल उद्योगमाथी रहेका टेलिफोन र केवल तारमा सामान्य क्षति पुगेको छ । आगलागीबाट मोटरसाइकल पुर्ण रुपमा जलेको छ । ग्रिल उद्योगका सञ्चालक अनिश खानले गल्ती स्वीकार्दै क्षतिपुर्ति वापत मोटरसाइकल बनाईदिने प्रतिवद्धता जनाएका छन् । असावधानीका कारण पटक–पटक नेपालगन्ज क्षेत्रमा यस्ता घटना दोहोरिरहेका छन् ।

Womui
Womui