महिलामाथी दुब्र्यबहार : गल्ती स्वीकार गर्दै बालेराम ज्वैलर्सका सञ्चालकले माफी मागे

88

नेपालगन्ज-व्यवसायीले आफ्नो पसलमा आउने ग्राहकलाई भगवान ठान्छन् र सोही अनुसारको व्यवहार गर्छन् । तर, बाँकेमा एक सुनचाँदी व्यवसायीले आफ्नै ग्राहकमाथि अभद्र व्यवहार गरेका छन् । सुन खरिदका लागि पुगेका ग्राहकको चित्त बुझाउनु कहाँ हो कहाँ उनले समग्र व्यवसायीलाई नै कलंकित पार्ने गरी महिलामाथि दुब्र्यबहार गरे । नेपालगन्जको न्युरोडमा रहेको बालेराम रमाशंकर ज्वैलर्सका प्रमुखले आफ्ना पसलमा सुन किन्न आएका ग्राहकमाथि दादागिरी शैलीमा महिलामाथि हातपात गरेको खुलेको हो । उनको यो हर्कतपछि हाल नेपालगन्जमा सुनचाँदी व्यवसायीमा समेत हलचल मच्चिएको छ ।

केहीदिन अघि स्थानीय एक महिला आफ्नी बहीनीको विवाहका लागि गहना अर्डर गर्न बालेराम रमाशंकर ज्वैलर्समा पुगिन् । उनले शुक्रबारका लागि तय गरिएको बिवाहका लागि ५ हजार एड्भान्स दिँदै गहना अर्डर गरेकी थिइन् । तर, बुधबार उनी पसलमा पुग्दा अर्डर गरेको भन्दा फरक डिजाईनको गहना ब्यापारीले देखाएका थिए । गहना फरक रहेको भन्दै महिलाले आफ्नो एड्भान्स फिर्ता मागिन् । तर, बालेराम मुन्ना भनेर चिनिने रमाशंकर कशौधन(बैश्य)ले आफ्नो ज्याला मात्रै १५ हजार लागेको एड्भान्स फिर्ता दिन नमिल्ने बताए । उनीहरुबीचमा केही विवाद चल्यो । त्यस लगतै पसलको सर्टर बन्द गरेर रमाशंकर कशौंधन र उनका छोरा सत्रुहन कशौंधनले महिलामाथि हातपात गरे । सद्भाव दैनिकलाई प्राप्त भएको उक्त पसलको सीसीटिभी क्यामेरा रेकर्डमा पनि उनीहरुबीच विवाद चर्किएपछि बाबुछोराले सर्टर बन्द गरी महिलामाथि दुव्र्यबहार गरेको देखिन्छ ।

बालेराम रमाशंकर कशौधनले महिलालाई दुब्र्यबहार गरेको सीसीटिभी क्यामेरा रेकर्डबाट लिइएको फोटो ।

स्रोतका अनुसार बाबुछोराले सटर बन्द गरी तथानाम गाली गरेर महिलालाई धकेल्दै पसल बाहिर हुत्याएका थिए । पीडित महिलाले हारको डिजाइन फरक रहेको भन्दै आफ्नो पैसा फिर्ता मागेको र बालेरामले आफ्नो हार अरु कसैले नलिने भन्दै एड्भान्स फिर्ता नदिने जिद्दी गरे । पीडितले आफुमाथि सुन ब्यापारीबाट भएको घटनालाई सार्वजनिक गरेपछि बालेराम आपतमा परेका छन् । उनले घटनालाई बाहिर नल्याईदिन प्रहरीलाई प्रभावित पार्ने काम देखी पीडित परिवारसँग हात जोडेर विन्ति गरेको स्रोतले जनाएको छ ।
प्रहरीले व्यवसायीलाई जोगायो
दुब्र्यबहारको घटना बाहिर आउँदा समेत वडा प्रहरी कार्यालय नेपालगन्जले ब्यवसायीको बचाउ गरिरहेको छ । घटनाको बिषयमा सोधपुछ गर्दा वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज एवम् प्रहरी निरिक्षक राजन गौतमले भने, ‘तपाईहरुले बेकार कुरा गर्ने, बालेराम यहाँको प्रतिष्ठित व्यापारी हो, उहाँको नाम बदनाम गर्नको लागि त्यो केटीले झुटो आरोप लगाएको हो, सीसीटिभीमै कुरा क्लीयर छ नी ।’ निरिक्षक गौतमले सीसीटिभीमा कुनै दुव्र्यबहार गरेको प्रमाण नदेखिएको दाबी गरे । सद्भावलाई प्राप्त फुटेजमा दुव्र्यबहार भएको देखिएपनि प्रहरी निरिक्षक गौतमले व्यवसायीको बचाउ गर्दै आएका छन् ।

‘गहनाको विषयमा सामान्य विवाद भएको हो, कुनै दुव्र्यबहादुर भएको देखिँदैन, उहाँको नाम बद्नाम गर्न मात्रै खोजिएको छ,’ गौतमले भने, ‘प्रहरी कहाँ आएर नै एड्भान्सको रकम दिने कुरा मिलिसकेको थियो, बालेरामले एड्भान्स पनि फिर्ता गरिसक्नुभयो, तपाइहरुलाई कसले नचाइने सूचना दियो ।’ व्यवसायीको प्रतिष्ठामाथि आँच ल्याउने काम महिलाले गरेको बताए । उनका अनुसार प्रहरी कहाँ पुगेपछि बालेरामले ३ हजार दिने र २ हजार महिला आफैले व्यहोर्नुपर्ने बताएका थिए । तर, महिलाले पुरै लिने अडान राखेपछि बालेरामले सबै दिन सहमत भएको निरिक्षक गौतमको भनाई छ ।

बालेरामले घरमै पुगेर माफी मागे
सञ्चार माध्यमले आफ्नो मानहानी गरेको भन्दै शुक्रबार पत्रकार सम्मेलन नै गरेका बालेराम मुन्नाले बिहीबार बिहान पीडितको घरमा पुगेर गल्ती गरेको भन्दै माफी मागेको तथ्य भने खुलेको छ । आफुहरुलाई केही सञ्चार माध्यमले अन्याय गरेको शुक्रबारको पत्रकार सम्मेलनमा उनले बताएका थिए । उनले महिलाले आफुमाथि झुठ्ठो आरोप लगाएको र सञ्चारमाध्यमले पैसाको बार्गेनिङमा समाचार सम्प्रेसन गरेको समेत अराोप लगाएका थिए । तर सद्भावलाई प्राप्त अडियो रेकर्ड अनुसार बिहीबार बिहान महिलाको घरमै पुगेर बालेरामले माफी माग्दै यो विषयलाई अगाडी नबढाउन हात जोडेर विन्ति गरेका थिए । उनले आफु अस्वस्थ रहेको बेला भुलचुक गल्ती भएको भन्दै पीडित महिलासँग माफी मागेका थिए । अडियो रेकर्डमा बालेरामले भनेका छन्, ‘त्यसको लागि क्षमा माग्छु, मैले गल्ती गरेँ, यसलाई अब अगाडी नबढाईदिनुस् ।’
-सद्भाव दैनिकबाट

Womui
Womui