कोहलपुर महोत्सव भव्य उद्घाटन

298

कोहलपुर-चौथो कोहलपुर औद्योगिक तथा व्यापार मेला कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि बाँकेको कोहलपुरमा सुरु भएको छ । संघको व्यवसायिक भवननिर्माणार्थ आयोेजित महोत्सवको बाँके क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ ले उद्घाटन गरे । उनले बाँकेको कोहलपुरलाई अन्र्तराष्ट्रिय व्यापारिक केन्द्र विन्दुका रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

कोहलपुरलाई भारत र चिन जोड्ने केन्द्र विन्दुका रुपमा विकास गर्दै औद्योगिक ट्रान्जिटका रुपमा स्थापना गर्न सकिने बताए । ‘कोहलपुर देखि भारतको दिल्ली सम्म फोर लेनको सडक निर्माण भएको छ, कुनै पनि ठाउँमा अवरोध छैन् भने हिल्सामा मितेरी पुल निर्माण कार्य सम्पन्न भएको छ,’ उनले भने ‘तिब्बत र नेपालको सडक निर्माण कार्य सम्पन्न हुँदा मात्रै कोहलपुर अन्र्तराष्ट्रिय केन्द्र विन्दुको शहरका रुपमा विकास हुने सम्भावना छ ।’ प्रदेशको राजधानी बहुमतबाट तोकिने उनले बताएका छन् ।

सम्पूर्ण उद्योगहरु देशभित्र र बाहिरबाट केन्द्रित गर्नका लागि बाँके सम्भावना बोकेको क्षेत्र भएकाले प्रदेश नम्बर पाँचको औद्योगिक केन्द्रका रुपमा कोहलपुरलाई विकास गर्नुपर्नेमा जोड दिए । यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले देशमा शान्ति र स्थिरता हुँदा आर्थिक विकास हुने भन्दै व्यापार मेलाको विशेष प्रदर्शनी गर्नुपर्ने बताए । कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले आर्थिक विकासका लागि यस्ता प्रर्दशनी तथा महोत्सवहरुले महत्वपूर्ण भूमिका निवार्ह गर्ने गरेको बताए ।

कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव-२०७४ मुल समारोह समितिका संयोजक चक्रबहादुर अधिकारीले महोत्सवपछि संकलन हुने आर्थिक स्रोतले कोहलपुर उद्योग वाणिज्य संघको आधुनिक भवन बनाउने प्रमुख लक्ष्य रहेको जानकारी दिए । कार्यक्रममा ज्येष्ठ व्यवसायी मेजरमान श्रेष्ठ, सफल व्यवसायी देवानन्द अर्याल, सफल उद्यमी मिना गौडेल, अपाङ्गता व्यवसायी दिपक दरै र एकल महिला व्यवसायी भारती खनाललाई सम्मान गरिएको थियो । महोत्सवको उद्घाटन अघि कोहलपुर चौराहाबाट हात्तीसहितको कलश यात्रा निकालिएको थियो । कलशयात्रा सहितको रयाली नगरका विभिन्न स्थानहरुको परिक्रमा गरी महोत्सव स्थलमा पुगेको थियो ।

 

तीन लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट ८९ लाख रकम बचत गर्ने लक्ष्य लिएको महोत्सव आयोजक कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले बताए । महोत्सव अवधिभर कुल कारोबार ६ करोड बराबर हुने आयोजकले अनुमान गरेको छ । महोत्सवमा कुल तीन सय स्टल मध्ये सूचना प्रविधिलाई १५ वटा स्टल, अटो रिक्सा अन्तर्गतका दुई पाङ्ग्रे, तीन प्राङ्ग्रे र चार पाङ्ग्रेलाई ८ वटा स्टल, व्यवसायिक स्टल २ सय, अन्य कृषि, फलफुल, जडिबुटी, सेवा एवम् शिक्षण मुलक, महिला उद्यमी स्टल ५०, होलट १८ वटा, थारु गाउँका लागि ११ वटा स्टल रहेको आयोजकले जनाएको छ ।

Womui
Womui