जनकपुरमा राजपा र फोरमको पुत्ला दहन

113

जनकपुरधाम-हिन्दी भाषामा प्रदेशसभा बैठकलाई सम्बोधन गरेको भन्दै धनुषाको जनकपुरमा युवाहरुले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको पुत्ला जलाएका छन् । जनकपुरको जानकी चोकमा दुबै पार्टीको पुत्ला बनाएर जलाएका हुन् ।

माघ २१ गते जनकपुरमा भएको प्रदेशसभा २ को बैठकमा फोरम र राजपाका सांसदले हिन्दी भाषामा सम्बोधन गरेका थिए । यो सँगै देश नम्बर दुईमा मातृभाषाको विवाद चर्किएको छ । स्थानीय युवाहरुले मैथिली, भोजपुरी र अन्य मातृभाषालाई वेवास्ता गर्दै हिन्दी भाषामा सम्बोधन गरेको भन्दै दुई पार्टीको पुत्ला जलाएका हुन् ।

Womui
Womui