दाङमा प्रादेशिक राजधानीको आन्दोलन चर्कियो

28

दाङ-पाँच नम्बर प्रदेशको राजधानी माग गर्दै दाङमा आन्दोलन चर्काइएको छ । आन्दोलनका कारण जनजीवन ठप्प बनेको छ । सरकारले दाङ बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सूचना मिलेको भन्दै दाङबासी आन्दोलित बनेका हुन् । उनीहरूले बुधवारदेखि अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको यातायात, शिक्षण संस्था, बजार, उद्योग धन्दा सबै ठप्प छन् । बिहानैदेखि दाङबाट बाहिरिने र भित्रने कुनै पनि सवारी साधन चल्न पाएका छैनन् ।

राजधानी माग गर्दै गरिएको बन्दका कारण पूर्व पश्चिम महेन्द्रराज मार्ग पूर्ण रुपमा ठप्प छ।देउखुरीको लमहीमा आन्दोलनकारीहरू बजारसँगै महेन्द्र राजमार्ग पूर्ण रुपमा अवरुद्ध पारेर बसेका छन् । लमहीको आन्दोलनका कारण पूर्व पश्चिम राजमार्गमा थुप्रै यात्रुहरू अलपत्र परेका छन् । आन्दोलनका कारण सदरमुकाम घोराही पनि पूर्ण रुपमा बन्द भएको छ । आन्दोलनकारीले बजार, शिक्षण संस्था पूर्ण रुपमा ठप्प पारेर बजारमा प्रदर्शन गरिरहेका छन् ।

Womui
Womui