चिसोमा बिद्यालय बन्द गर्न आह्वान

40

नेपालगन्ज-अत्याधिक चिसो बढेपछि बिद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालय बाँकेले आह्वान गरेको छ । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्य नै जोखिममा पर्ने खतरा बढेको भन्दै शिक्षा कार्यालयले आईतबार सूचना जारी गरी बिद्यालय बन्दको आह्वान गरेको हो ।

बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउँदले सोमबारदेखि आगामी पुष मसान्त (मौसममा सुधार नहुँदा) सम्म बिद्यालय बन्द गर्न आह्वान गरिएको बताए । ‘संचित बिदा मिलान हुने गरी बिद्यालय बन्द गर्न बिद्यालयलाई आह्वान गरेका छौं,’ उनले भने । बाँकेमा ३ सय ८८ सामुदायिक बिद्यालय र १ सय ९० निजी तथा संस्थागत बिद्यालय छन् ।

जिल्ला शिक्षा कार्यालयले बन्द गर्न आह्वान गरेपनि केही सामुदायिक र संस्थागत बिद्यालयमा परिक्षा चलिरहेको छ । ती बिद्यालयले जारी परिक्षालाई पछाडी सारेर भएपनि बन्द गर्नुपर्ने साउदले बताएका छन् । ‘अहिले चलिरहेको परिक्षा अन्तिम होईन, यसलाई पछाडी सारेर पनि मिलाउन सकिन्छ,’ उनले भने ।

Womui
Womui