जेष्ठ नागरिकलाई कम्बल वितरण

75

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका वडा न २२ पुरैनीमा जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । एक हप्तादेखि जारी अत्याधिक चिसोबाट बृद्धबृद्धालाई जोगाउन यूनिसेफ र नेपालगन्ज उपमहानगरपालिकाले संयुक्त रुपमा कम्बल वितरण गरेका हुन् । लोपोन्मुख समुदायका किंगरियनलाई लक्षित गरेर वडा नम्बर २२ मा एक सय २३ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो ।

जेष्ठ नागरिकलाई आईतबार कम्बल वितरण गरिदै ।

पुरैनीको कार्यलयमै पुगेर उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणा, उपप्रमुख उमा थापामगरले जेष्ठ नागरिकलाई कम्बल प्रदान गरेका हुन् । वडा नम्बर २२ को समन्वयमा जाडोमा बृद्ध बृद्धालाई न्यानो गराउन कम्बल वितरण गरिएको वडाअध्यक्ष बिद्याराम बर्माले जानकारी दिए । उपमहानगरपालिकाका प्रमुख डा. राणाले चिसोमा कम्बल वितरण गरेर जेष्ठ नागरिकलाई राहतसँगै सम्मान पनि गरिएको बताए । प्रमुख राणाले नगरका सवै जेष्ठ नागरिकलाई कम्वल वितरण गर्न नसकिएको स्वीकार्दै पहल भने जारी रहने स्पष्ट पारे । वडा नम्वर २२ का अध्यक्ष बर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा युनिसेफका तर्फबाट प्रोग्राम प्लानिङ अफिसर राजेश सारु मगरले बोलेका थिए ।

 

Womui
Womui