‘वाम एकता हुन नदिन विदेशी हस्तक्षेप : योगेश भट्टराई

42

काठमाडौं-एमाले र माओबादीबीच एकिकरण हुने चर्चा चलिरहेका बेला वाम गठबन्धनका नेताबाटै फरक अभिव्यक्ति आउन थालेका छन् । यसैक्रममा एमाले सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिको हस्तक्षेप भएको बताएका छन् ।

ताप्लेजुङबाट निर्वाचित भएका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वारा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै भट्टराईले वाम एकता मुलुकको आन्तरिक कुरा भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरे । कुनै पनि शक्तिले वाम एकता भाँड्न नसक्ने दाबी गर्दै उनले चाँडै नै नेपाली कम्युनिस्ट शक्तिबीच एकता हुने दाबी गरे ।

Womui
Womui