ग्लोबल आईएमई बैंकको प्रभातफेरी

137

नेपालगन्ज-ग्लोबल आईएमई बैंकको ११ औं बार्षिक उत्सवका अवसरमा नेपालगन्जमा प्रभातफेरी आयोजना गरिएको छ । ‘बचत गरौं’ भन्ने नारा सहित बित्तीय साक्षरता बढाउनका लागी शनिबार प्रभातफेरी आयोजना गरिएको हो ।

कारकाँदो चोकबाट सुरु भएको प्रभातफेरी स्थानीय धम्बोझी चोक, न्युरोड हुदै नगरको विभिन्न भागको परिक्रममा गरेर टुंगिएको थियो । प्रभातफेरीमा ग्लोबल आईएमई बैंकको नेपालगन्जस्थित त्रिभुवन चोक शाखा, पुष्पलाल चोक शाखा, कोहलपुर शाखाका कर्मचारीको सहभागिता रहेको त्रिभुवन चोक शाखाका प्रबन्धक निर्मलराज बुढाथोकीले जानकारी दिए ।

Womui
Womui