वाम बिद्यार्थी तथा युवाको प्रर्दशन

50

नेपालगन्ज-पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि र शान्तिपुर्ण विरोधमा प्रहरी दमन भएको भन्दै नेपालगन्जमा वाम बिद्यार्थी तथा युवाले बुधबार प्रर्दशन गरेका छन् । संयुक्त वाम युवा तथा बिद्यार्थीको आयोजनामा नेपालगन्जको विपी चोकमा मुल्यवृद्धि र सरकारी दमनको बिरोधमा प्रर्दशन गरिएको हो । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धिको विरोधमा मंगलबार काठमाडौंमा आन्दोलनमा उत्रिएका बिद्यार्थीमाथी प्रहरीले हस्तक्षेप गरेको थियो ।

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तुलसीमणि केसीले मुल्यवृद्वी र सरकारी दमनको विरोधमा आधा घण्टा प्रर्दशनसँगै चक्काजाम गरिएको जानकारी दिए । सरकारले शान्तिपुर्ण रुपमा आन्दोलन गरिरहेका बिद्यार्थीमाथि गर्ने दमन जारी राखे अझै शशक्त रुपमा आन्दोलनमा उत्रिने बिद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । प्रर्दशनमा सहभागी बिद्यार्थी तथा युवाले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धि फिर्ता लिन माग गरेका थिए । बिद्यार्थीको चक्काजामका कारण केहीबेर विपी चोक क्षेत्र प्रभावित भएको थियो ।

Womui
Womui