यौन क्रियाकलापमा ‘हाईप्रोफाईलको कनेक्सन’

46

नेपालगन्ज-अंग्रेजी नयाँ वर्षको पुर्वसन्ध्यामा नेपालगन्जको एक प्रतिष्ठित होटलमा ‘बलात्कार’ को घटना सार्वजनिक भयो । उक्त घटनामा सिता एयर नेपालगन्जका स्टेशन म्यानेजर ३९ बर्षिय मनोज भारती र उनकै साथी ४३ बर्षिय निरज गुरुङ पक्राउ परेका छन् । प्रहरीका अनुसार लामो समयदेखी उक्त होटलमा कोठा लिएर मनोज बस्दै आएका थिए । नयाँ वर्षको पुर्वसन्ध्यामा शनिबार बेलुका मनोजकै योजनामा उक्त होटलका ३ वटा कोठा बुक गरिएको थियो । होटलमा मनोज सहित १९ बर्षिया युवती, निरज र अर्की २४ बर्षिया युवती पुगेका थिए । मनोजसँग १९ बर्षिया युवती सुरुदेखी नै परिचित थिईन् ।

अर्की २४ बर्षिया युवतीलाई भने मनोजले नै निरजका लागी सम्पर्क गराईदिएका थिए । सुरुमा सहमतीमै होटलमा बास बसेका उनीहरु मध्यरात सम्म मदिरा खाएर रमाईलो गरेका थिए । स्रोतका अनुसार मनोज र निरजले सुरुमा एक/एक जना युवती राखेर कोठामा बसेका थिए । ‘दुबै जोडीले सहमतीमै शारिरीक सम्पर्क गरे, स्रोतले भन्यो ‘पछि निरजले जोडी परिवर्तन गर्न खोज्दा १९ बर्षिया युवतीले प्रतिवाद गरेको देखिन्छ ।’ १९ बर्षिया युवतीले करिव २ बजेतिर आफु बलात्कृत भएको भन्दै प्रहरीलाई बोलाएपछि घटनाले फरक रुप लियो । ‘मध्यरातमा १९ बर्षिया युवती सुतेको ३०५ नम्बर कोठामा निरज जबरजस्ती प्रवेश गरेर बलात्कार गरेछ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र अर्यालले नागरिकसँग भने ‘१९ बर्षिया युवतीले बाथरुमबाट फोन गरेपछि मात्र प्रहरी पुगेर उद्धार गरिएको हो ।’

युवतीले फोन गरे लगत्तै पुगेको प्रहरीले मनोज र निरजलाई पक्राउ गरेको थियो । सुरुमा कोठामा बस्न सहमत भएकी युवतीले आफै बलात्कृत भएको बयान दिएपछि प्रहरीले उक्त घटनाको सुक्ष्म रुपले अनुुसन्धान प्रक्रिया अगाडी बढाएको छ । प्रहरीका अनुसार मनोजले लामो समयदेखी उक्त होटलमा एयरलाइन्सका पाईलट, कर्मचारी तथा फरक–फरक युवतीलाई ल्याएर बसाउने गथ्र्ये । ‘यो घटनामा मुख्य आरोपी निरज रहेपनि मनोजको संलग्नता सुरुदेखी नै यस्तो अवैध काममा कनेक्सन हुने गरेको देखिन्छ,’ अर्यालले भने । प्रहरीले चारैजनाको सोही दिन प्रहरीले स्वास्थ्य परिक्षण गराएको थियो । स्वास्थ्य परिक्षण रिपोर्ट भने अहिले सम्म आएको छैन । पीडित भनिएकी १९ बर्षिया युवतीले बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन दर्ता गरिसकेकी छन्, भने हिरासतमा रहेका मनोज र निरजलाई प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको निमित्त प्रहरी प्रमुख एवम् डिएसपी अर्यालले जानकारी दिएका छन् ।

यो त एउटा प्रतिनिधि मुलक घटना मात्रै हो । पछिल्लो समयमा यस्तो प्रवृत्ती बढ्दो मात्रामा छ । यहाँका स्तरिय होटलमा ‘हाईप्रोफाईल’ व्यक्तिले नै युवती लिएर बस्ने र अवैध रुपमा शारिरीक सम्बन्ध राख्ने गरेको स्रोतले जनाएको छ । ‘प्रहरीले छापा मार्न नमिल्ने भएका कारण ठुला होटलमा यौन क्रियाकलपा भएपनि बाहिर त्यति आउँदैन,’ एक प्रहरीले भने ‘यस्ता होटलमा बस्ने हाई प्रोफाईलका व्यक्तिले युवतीलाई राख्ने र यौन कार्य गर्ने नयाँ कुरा होईन ।’ सातातिना होटलमा हुने अवैध यौन धन्दाविरुद्ध कठोर हुने बाँके प्रहरी ठुला होटलमा हुने यौन क्रियाकलापमा ‘हाईप्रोफाईलको कनेक्सन’ हुने गरेको जानकारी पाएपनि मौनता साँधिरहेको छ ।
-नागरिक पश्चिमेलीबाट

Womui
Womui