पुर्वराजा ज्ञानेन्द्रको परिवारलाई यसरी गरियो स्वागत

142

नेपालगन्ज-पुर्वराजा ज्ञानेन्द्र शाहलाई नेपालगन्जमा बिहीबार भव्य स्वागत गरिएको छ । पुर्वराजा ज्ञानेन्द्र सहित पुर्वरानी कोमल, पुर्व युवराज्ञी हिमानी र छोरी प्रेरणालाई बिमानस्थलदेखी कारकाँदोस्थित होटल सोल्टी सम्म भव्य रुपले स्वागत गरिएको हो । हजारौंको संख्यामा उपस्थित भएका सर्मथक, सरकारी कार्यालयका प्रमुख तथा सर्वसाधारणले भव्य रुपले स्वागत गरेका थिए । त्यसक्रममा कडा सुरक्षा व्यवस्था मिलाइएको थियो ।

अधिकांस व्यक्ति नेपाली पोशाक दौरा सुरुवाल तथा ढाकाको टोपी लगाएर ठाटिएका थिए । खेलाडी, धर्मगुरु, कानुन व्यवसायी पनि आफ्नो पोशाक सहित स्वागत कार्यक्रममा सहभागी भए । राष्ट्रिय झण्डा बोकेका उनीहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै नाराबाजी गरिरहँदा पुर्वराजा ज्ञानेन्द्रले टाउको हल्लाउँदै मन्द मुस्कान दिईरहेका थिए । राजसंस्था अन्त्य भएपछि पुर्वराजा ज्ञानेन्द्रको नेपालगन्ज आगमन यो सहित दोस्रो हो । करिव ९ वर्षअघि पनि नेपालगन्ज आएर पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर दर्शन गरी फर्किएका थिए । यसपटक भने उनको बसाई लामो छ ।

नेपालगन्ज सहित मध्य र सुदुरपश्चिमका विभिन्न जिल्लामा करिव १५ दिन सम्म उनको बसाई रहने निजी सचिवालयले जनाएको छ । निजी सचिव सागरप्रसाद तिमिल्सीनाले भ्रमण तालिका अझै तय नभएपनि करिव १५ दिन सम्म मध्य र सुदुरपश्चिम क्षेत्रको धार्मिक तथा पर्यटकिय क्षेत्रको भ्रमण गर्ने जानकारी दिएका छन् । स्वागत कार्यक्रमको व्यवस्थापन राप्रपा लगायत विभिन्न राजावादी संघ, संस्थाले गरेको राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले जानकारी दिए ।

Womui
Womui