सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री देउवा

117

चितवन-प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।  चितवनमा मंगलबार आयोजित १४ औं चितवन हात्ती महोत्सवको उद्घाटन गर्दै उनले सत्ता हस्तान्तरण गर्ने वातावरण अहिले सम्म तयार नभएको बताए । ‘सरकार संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर छ,’ उनले भने । सत्तामा नभएपनि देश विकासका लागी नेपाली काँग्रेस प्रतिवद्ध रहने देउवाले बताए ।

सरकारले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा गरी तीन चरणका चुनाव सफलतापूर्वक सम्पन्न गरेको बताउँदै यसले लामो समयदेखिको संक्रमणकालको अन्त्य गरेकोमा जोड दिए । नेपालको राजनीतिक इतिहासमा हरेक संकमणको अन्त्य गर्न कांग्रेस नेतृत्वको सरकार सफल भएको समेत दाबी गरे । उनले भने, ‘इतिहास हेरे हुन्छ, काँग्रेसले नेतृत्व गरेका सरकारले ऐतिहासिक संक्रमणको अन्त्य सफलतापूर्वक गरेका छन् ।’

Womui
Womui