उपमहानगरपालिकाले सक्रियता बढायो

171

नेपालगन्ज-बागेश्वरी मन्दिरको बृहत्तर विकासको पहल सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल समशेर राणाको अध्यक्षतामा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरिएसँगै नियमित भएका छलफल र बैठकबाट बागेश्वरी मन्दिर व्यवस्थापनसँगै पुर्वाधार विकासमा पनि पहल कदमी लिइएको छ । समितिका अध्यक्ष लगायतका पदाधिकारी, उपमहानगरपालिका उपप्रमुख उमा थापा, नेपालगन्ज-२ का वडाध्यक्ष सुनिलसिंह हमाल, मन्दिरका मुल महन्थ चन्द्रनाथ योगी लगायतको उपस्थितीमा बसेको बैठकले त्रिवेणीमोडदेखि धम्बोझी चोकसम्मको सडकलाई (१० मिटर) बिस्तार गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।

सडक बिस्तार गर्ने क्रममा बागेश्वरी मन्दिरका पश्चिम दक्षिण तर्फका संरचनाको आर्कीटेक्ट इन्जिनियरको सहयोगमा तिन तला नक्सा, लागत इष्टिमेट सहित सो को आर्थिक लगानीका लागि गुठी संस्थान केन्द्रीय कार्यालयमा पठाउने, तलाउलाई छेकी बनाइएका पसललाई पार्कको पुर्व गेटको उत्तरतिर व्यवस्थापन गर्ने, दक्षिण पुर्वमा ४०/८० को कथा, भजन, प्रवचनको लागि खुला स्टेज तयार गर्ने, श्रीपेच सहितको पार्क क्षेत्रलाई चिल्ड्रेन पार्क बनाउने लगायतका निर्णय गरिएका छन् । मन्दिर उत्तरतर्फ घरबारी टोलदेखि न्यू रोडसम्म सडक निर्माणका लागि उपमहानगरपालिकालाई अनुरोध गर्ने, मन्दिरको पुर्वाधार र संरचना निर्माणका लागि आर्कीटेक्ट इन्जिनयर नियुक्त गर्ने, मन्दिरको बिद्युत बक्यौता प्रत्येक महिनामा एक लाख तिर्ने, मन्दिर परिसरमा टायल, मार्बल लगाउने, शौचालय सफाई गर्ने लगायतका कार्य गर्ने गरि तयारी भइरहेको सचिव गोपाल अधिकारीले जानकारी दिए । बागेश्वरी मन्दिरको समग्र विकाससँगै सो को सरसफाई, सौन्दयर्ता, संरक्षण र सम्वद्र्धनमा विशेष प्राथमिकता दिइने समितिका अध्यक्ष एवं उपमहानगरपालिका प्रमुख डा. राणाले बताए ।

Womui
Womui