फोरम र वाम गठबन्धनले यसरी मनाए ‘विजयी उत्सव’

111

नेपालगन्ज-बाँकेको प्रतिनिधि सभा र प्रदेश सभामा विजयी भएका वाम गठबन्धन र संघिय समाजवादी फोरम नेपालले नेपालगन्जमा ‘विजयी उत्सव’ मनाएका छन् । वाम गठबन्धनले भेरी प्राविधिक शिक्षालय परिसरबाट आईतबार विजयी रयाली निकालेको थियो ।

यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ र प्रदेश सभा–२ क मा निर्वाचित भएका मो. ईस्तियाक राई र विजयबहादुर यादवको उपस्थितीमा संघिय समाजवादी फोरमले आईतबार नेपालगन्जमा विजयी रयाली निकालेको छ । सो क्रममा सम्बोधन गर्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राईले बाँकेको समग्र विकासका लागी आफुले सक्दो पहल गर्ने बताए । उनले पहाडी, मधेसी तथा मुस्लिम समुदायलाई समान दृष्टीले हेर्ने प्रतिवद्धता जनाएका थिए ।

 

Womui
Womui