चिसोले मतदाता परिचय पत्र वितरण कार्य प्रभावित

126

दुर्गा बि.सी.
सल्यान-सल्यानको पश्चिमी क्षेत्रमा अत्यधिक चिसोका कारण मतदाता परिचय पत्र वितरणको काम प्रभावित भएको छ । सबै मतदान केन्द्रमा कर्मचारी खटिएता पनि मतदातान केन्द्रमा मतदाता परिचय पत्र लिन जानेको संख्या निक्क न्यून रहेको देखिन्छ । सल्यानको पश्चिम क्षेत्रमा मंगलबार बिहानैदेखि घाम लागेको छैन । घाम नलाग्दा अत्यधिक चिसो बढेको हो । उच्च भू-भागमा रहेका मतदान केन्द्रका कर्मचारीहरु चिसोका कारण काम काज गर्न पाएका छैनन् ।

बनवाड कुपिण्डे–१२ मा पर्ने सबै भन्दा उच्च स्थानमा रहेको सिद्धेश्वरी माध्यामिक बिद्यालय निगालचुलाका मतदान अधिकृत हरिजंग चन्दले अत्यधिक चिसोले काम गर्ने कर्मचारीमा कठिनाई भएको बताए । यसैगरी निगालचुलाकै अर्को मतदान केन्द्र गोबराई दुरमखोलामा पनि मंगलबार मध्यान्ह सम्म परिचय पत्र लिन मतदाता आएका छैनन् । बनगाड कुपिण्डेकै वडा ८ कुपिण्डे, वडा ७ लेखसंग्रही, वडा २ र ३ को बामेका मतादान स्थलमा पनि चिसोका कारण कर्मचारीलाई काम गर्न कठिनाई भएको छ ।

Womui
Womui