यसरी वितरण गरियो बाँकेमा मतदाता परिचय पत्र

163

नेपालगन्ज-बाँकेमा मंगलबार उत्साह रुपले मतदाता परिचय पत्र वितरण गरिएको छ । जिल्लााक १ सय ३६ वटा मतदान स्थलमा रहेका ३ सय २७ केन्द्रबाट मतदाता परिचय पत्र वितरण गरिएको हो । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले सबै मतदान केन्द्रमा मंगलबारबाट मतदाता परिचय पत्र वितरण सुरु गरिएको जानकारी दिए ।

उनले भने, ‘सबै मतदान केन्द्रमा परिचय पत्र वितरणको काम सुरु गरेका छौं, बुधबार दिनभर पनि परिचय पत्र बाँड्ने काम हुन्छ ।’ कतिपय मतदान केन्द्रमा सर्बदलिय बैठक समेत सम्पन्न भइसकेको सुवेदीले बताए । क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकारी बसन्त अधिकमारीले मतदाता परिचय पत्र वितरणको काम बुधबार पनि जारी रहने जानकारी दिए ।

Womui
Womui