बम आक्रमणमा परी गगन थापा सहित ११ जना घाईते

136

काठमाडौं-प्रतिनिधि सभा क्षेत्र नम्बर ४ काठमाडौंका काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी सोमबार अज्ञात समुहले बम आक्रमण गरेको छ । उक्त घटनामा गरी थापासहित ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बुढानिलकण्ठ नगरपालिका–२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम आक्रमण भएको हो । थापासहित सबै ११ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उम्मेदवार थापालाई बमको छर्राले लागेको छ । उनको ढाडमा चोट लागेको छ । अन्य पाँच जनाको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरीका अनुसार घटनामा परी जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा र ध्रुव खड्का घाईते भएका छन् । घाइतेमध्ये राजकाजी श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

Womui
Womui