‘बाँकेमा २०५१ साल फर्किने संकेत’ : सह–प्रवक्ता कँडेल

93

नेपालगन्ज-एकिकृत राप्रपा(राष्ट्रवादी) का केन्द्रिय सह–प्रवक्ता तेजनारायण कँडेलले बाँकेमा २०५१ साल फर्किने संकेत रहेको बताएका छन् । पहेंलो वस्त्र र रुद्राक्षको माला पहिरिएर मतदाताको घरदैलोमा धाईरहेका प्रतिनिधी सभा–२ बाँकेका उम्मेदवार कँडेलले यस वर्ष आम जनताको लहर एकिकृत राप्रपातर्फ केन्द्रित भएको दाबी गरेका हुन् । घरदैलोको अन्तिम कसरतमा सक्रिय रहेका उनले आईतबार कम्दी, मनिकापुर लगायत क्षेत्रका मतदातालाई भेट गर्दै यस्तो बताएका हुन् ।

२०५१ सालको निर्वाचनमा राप्रपाले बाँकेका ३ वटै निर्वाचन क्षेत्र जितेको प्रसंग निकाल्दै यसपटक पनि त्यो संकेत देखिएको बताए । ‘२०५१ सालमा बाँकेबासीले जसरी हलो चुनाव चिन्हमा भोट दिएर ३ वटै निर्वाचन क्षेत्रमा राप्रपालाई जिताउनु भएको थियो, अहिले त्यही परिदृश्य दोहोरिने संकेत देखिएको छ,’ कम्दी क्षेत्रका मतदातासँग कुराकानी गर्दै उनले भने । यही मंसिर २१ गते हुन लागेको निर्वाचनका लागी आक्रामक रुपले प्रचार गरिरहेका उम्मेदवार कँडेलले हिन्दु धर्ममा आस्था राख्ने र राजसंस्थाका पक्षधर एकतावद्ध भएर एकिकृत राप्रपालाई भोट दिने विश्वास गरे । कँडेलले आईतबार डुडुवा गाउँपालिका वडा नम्बर ४ र ५ तथा नेपालगन्ज उपमहानगरपालिकाको मनिकापुर क्षेत्रमा घरदैलो गरेका छन् । कँडेलले स्थानीयबासीको मागलाई निर्वाचित भएर गएपछि सम्बोधन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

कम्दी क्षेत्रमा विशेषगरी डुबान र कटानको समस्या बढी मात्रामा देखिएको र मनिकापुर क्षेत्रमा भुमिहिन, सुकुम्वासी लगायत समस्या बढी मात्रामा रहेको बताउँदै यि समस्याप्रति आफु निकै गम्भिर बनेको बताए । उनले मतदातासँग भने, ‘मलाई विश्वास गर्नुस्, म युवा हुँ, रातदिन खटेर यहाँको विकास निर्माणका लागि काम गर्नेछु ।’ सो क्रममा प्रदेश सभा–२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ता पनि सहभागि भएका थिए ।

 

Womui
Womui