बाँकेमा यसरी गर्दैछ नयाँ शक्ति पार्टीले घरदैलो

31

नेपालगन्ज-नयाँ शक्ति पार्टीले बाँकेमा चुनावी अभियान सक्रिय पारेको छ । उक्त पार्टीका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु दिनहुँजसो मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन् ।

नयाँ शक्तिले प्रतिनिधी सभा बाँके क्षेत्र नम्बर १ बाट बुधबहादुर सुनार, प्रदेश सभा १ ‘क’ मा निसिम खाँ पठान र ‘ख’ मा डोलेश्वर भट्टराई, प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा बेदप्रसाद आचार्य, प्रदेश सभा २ ‘क’ मा फकरुल्ला पठान र प्रदेश सभा–२ ‘ख’ मा सुनिलकुमार सिंघल तथा क्षेत्र नम्बर ३ मा बीरेन्द्रप्रकाश पुन, प्रदेश सभा ३ ‘क’ मा गोगनबहादुर बम र ‘ख’ मा मोहम्मद अख्तर खाँ प्रतिस्पर्धामा उतारेको छ ।

यस्तै उक्त पार्टीबाट प्रदेश नम्बर ५ का लागी राजन रानामगर, रानी राई, गजाधर सुनार र कृष्णाकुमारी भण्डारी बाँकेबाट समानुपातिकका उम्मेदवार बनेका छन् । अधिकांस उम्मेदवार मतदाताको घरदैलोमा पुगेर मत माग्ने काम गरिरहेको पार्टीका जिल्ला संयोजक हिक्मत बिकले जानकारी दिए ।

Womui
Womui