काँग्रेसका उम्मेदवारसँग विकासको अपेक्षा धेरै

77

कोहलपुर-नेपाली काँग्रेस नेता तथा बाँके क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार माधबराम खत्री र प्रदेश सभा–१ क का उम्मेदवार नारायणप्रसाद गौडेलसँग कोहलपुर–११ का थारु समुदायले विकासको ठुलो अपेक्षा गरेका छन् ।

उनीहरुले बाटो फराकिलो, नाली सहितको सडक, खानेपानीको सेवा उपलब्ध गराउन माग गरेका हुन् । प्रतिनिधी सभा क्षेत्र नम्बर १ र प्रदेश सभा–१ क अन्तर्गत पर्ने कोहलपुर नगरपालिका वडा नम्बर ११ मा घरदैलोका क्रममा थारु समुदायले यसअघि एमाले र माओबादीलाई जिताएपनि आफ्ना माग कसैलेपनि पुरा नगरेको गुनासो गरे । लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई आफ्ना माग पुरा गर्न अनुरोध गर्दै शान्ति थापाले भनिन् ‘अरु पार्टीलाई हे¥यौं पटक–पटक, काँग्रेसलाई भोट दिन्छौं यसपटक, भोट त दिन्छौं तर बाटो बनाईदिनुपर्छ ।’ साथै खानेपानीको समस्या, सडक, ढल र बर्खायामको समयमा हुने डुबान समस्यालाई समाधान गरिदिन आग्रह गरिन् ।

 

विकासका नारा मात्र बोकेर यसभन्दा पहिलाका निर्वाचन अरु पार्टीले जितेको भन्दै यसपटक आफ्ना प्रतिवद्वता पुरा गर्न उम्मेदवार द्धय खत्री र गौडेललाई उनले अनुरोध गरिन् । घरदैलोका क्रममा प्रतिनिधी सभा उम्मेदवार खत्रीले स्थानीय जनताका माग पुरा गर्ने प्रतिबद्वता जनाउँदै जितेपछि बोलेका कुरा पुरा गरेरै छाड्ने दाबी गरे । कोहलपुरलाई आर्थिक क्षेत्रको हबका साथै एक आधुनिक शहरका रुपमा विकास गर्ने बताए । त्यस्तै प्रदेश सभा–१ ख का उम्मेदवार गौडेलले स्थानीय जनताका समस्यासँग आफु परिचित भएकाले यसपटक जनताको सेवा गर्ने मौका दिन अनुरोध गरे । उनले कोहलपुर वडा नम्बर ११ लाई नेपालीकै नमूना वडाका रुपमा विकास गर्न आफुहरु लागिपर्ने प्रतिवद्धता जनाए । सो क्रममा काँग्रेस, राप्रपा सहित लोकतान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Womui
Womui