एकिकृत राप्रपा(राष्ट्रवादी) का उम्मेदवारलाई गगनगन्जबासीको साथ

173

नेपालगन्ज-एकिकृत राप्रपा(राष्ट्रवादी) का उम्मेदवारलाई नेपालगन्जस्थित गगनगन्जका स्थानीय बासिन्दाले आफ्नो मत दिएर जिताउने प्रतिवद्धता जनाएका छन् । घरदैलोका क्रममा बुधबार दिउँसो पुगेका उक्त पार्टीका केन्द्रिय सह–प्रवक्ता एवम् प्रतिनिधी सभा–२ का उम्मेदवार तेजनारायण कँडेलको समुहलाई भोट जिएर जिताउने प्रतिवद्धता जनाएका हुन् । ‘अहिले ठुला पार्टीमा राम्रो उम्मेदवार छैनन्, विगतमा ठुला पार्टीलाई चुनाव जिताएर पनि खासै परिवर्तन आएन्, यसपटक तपाईलाई भोट दिएर जिताउँछौं,’ एक मतदाताले हौसला दिदै भने ।

कँडेलले बुधबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १३ बुलबुलिया क्षेत्र तथा भुजईगाउँका विभिन्न टोलमा घरदैलो गरे । कँडेललाई त्यसक्षेत्रका मतदाताहरुले न्यानो आथित्यताले स्वागत गरे । प्रमुख दलहरुले आफ्नो पार्टीका उम्मेदवार नदिनु र हिन्दु सनातन धर्म आफ्नो मुख्य चुनावी नाराका भएका कारण एकिकृत राप्रपा (राष्ट्रवादी) बलियो बन्दै गएको उम्मेदवार कँडेलको दाबी छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका ठूला दलहरुले क्षेत्र नम्वर २ मा आफ्नो उम्मेदवार नदिएर समर्थकका रुपमा मात्रै उभिएका कारण त्यसको फाईदा एकिकृत राप्रपा (राष्ट्रवादी)का युवा नेता कँडेलले लिने चर्चा राजनीतिक वृत्तमा चलेको छ ।

सनातन हिन्दुत्वलाई मन पराउनेको संख्या अधिक रहेकाले आफ्नो जित सुनिश्चित रहेको बताए । घरदैलोमा प्रतिनिधी सभा–२ का उम्मेदवार कँडेल सहित प्रदेश सभा–२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह पनि सहभागी छन् । उम्मेदवारसँगै पार्टीका कार्यकर्ता तथा शुभेच्छुक पनि घरदैलोमा हिडेका छन् ।

 

Womui
Womui