नेपाली सेनाको गाडी पल्टिदा १४ घाईते

152

अछाम-नेपाली सेनाको गाडी मंगलबार बेलुकी पल्टिदा १४ जना घाईते भएका छन् । अछामको साफेबगर मंगलसेन सडक खण्डको तिमिल्सेन भन्ने ठाउँमा गाडी पल्टिएको हो । घाईते मध्ये २ को अवस्था गम्भिर रहेको अछाम प्रहरीले जनाएको छ ।

लु १ ग २७८ नम्बरको ट्रक बेलुकी ७ बजेतिर तिमिल्सेनको ओरालोमा पल्टिएको थियो । गुड्दै गरेको बेला ब्रेकफेल हुँदा चालकले गाडी सडक किनारामा पल्टाएको बुझिएको छ । घाइतेको प्रहरीले उद्दार गरेर उपचारका लागि बयलपाटा अस्पतालमा पुर्याइसकेको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । दुर्घटनाको अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Womui
Womui