माहोल तत्ताउँदै कँडेल, मतदाताको घरदैलोमै व्यस्त

32

नेपालगन्ज-चुनावी मैदानमा होमिएका एकिकृत राप्रपा(राष्ट्रवादी) का प्रतिनिधी सभा–२ का उम्मेदवार तेजनारायण कँडेल मतदाताको हौसला पाएपछि उत्साहित भएका छन् । दिनहुँजसो घरदैलोमा व्यस्त हुने एकिकृत राप्रपा(राष्ट्रवादी)का सह-प्रवक्ता समेत रहेका उम्मेदवार कँडेलको सक्रियता देखेका मतदाताले उनलाई हौसला दिएका हुन् । मतदाताको हौसला पाएपछि उनले उच्च मनोवलका साथ थप सक्रियता देखाएका छन् ।

युवा उम्मेदवार कँडेललाई मंगलबार घरदैलोका क्रममा कारकाँदो, पुष्पलाल चोक तथा सुर्जीगाउँ क्षेत्रका अधिकांस मतदाताले जितको अग्रिम शुभकामना दिए । ‘दिनहुँ मतदाताबाट राम्रो प्रतिक्रिया आईरहेको छ, मलाई आसा छ चुनाव सम्म यसरी नै मेरो पक्षमा जनलहर कायम रहन्छ,’ उनले भने । आफुले घरदैलोका क्रममा नेपालगन्जको समग्र विकासका लागी उम्मेदवारी दिएको मतदातालाई कँडेलले बताउने गरेका छन् । ‘मैले नेपालगन्जको विकासका लागी विभिन्न खाका बनाईसकेको छु, चुनाव जिताएर मलाई नेपालगन्जको विकासका लागी नेतृत्व गर्ने अवसर दिनुहुनेछ,’ उनी मतदातालाई भन्छन् ।

 

निर्वाचनका लागी दिनहुँ मतदाताको घरदैलोमा पुग्ने गरेका उनले आफुले झुट्टो कुरा बोलेर कसैसँग पनि भोट नमाग्ने बताएका छन् । कँडेलले अगाडी थपे, ‘अहिलेको जमानामा मतदातालाई झुट्टो कुरा बोलेर मत माग्नु मुर्खता हो, त्यसैले म नहुने कुरा बोल्दैन, जे बोल्छु, त्यही गर्छु ।’

Womui
Womui