तुलसीपुर र ललितपुरमा अज्ञात समुहद्धारा बम विष्फोट

231

नेपालगन्ज-दाङको तुलसीपुर र ललितपुरमा मंगलबार बम विष्फोटठ भएको छ । ललितपुरको लगनखेल नजिकै बम विष्फोट भएको हो भने, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ तुलसी बोर्डिङ स्कुल चोक नजिक बम विष्फोट भएको प्रहरीले जनाएको छ । । वाम गठवन्धनको चुनावी सभालाई लक्षित गरेर ललितपुरस्थित मछिन्द्र माध्यामिक बिद्यालय नजिक अज्ञात समुहले बम विष्फोट गराएको थियो ।

तुलसीपुरमा भएको बम विष्फोटका घाईते ।

बम विष्फोटले विद्यालयका झ्याल ढोकामा क्षति समेत पुगेको ललितपुर प्रहरीले जनाएको छ । चुनावी सभालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो । तुलसीपुरमा भएको बम विष्फोटको घटनाको पूर्ण विवरण आउँन बाँकी रहेको ईप्रकाले जनाएको छ । विष्फोटमा परी ८ जना घाइते भएको बताइएको छ । उनीहरुको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको दाङ प्रहरीले जनाएको छ ।

तस्बिर सौजन्य : बागेश्वरी पोष्टबाट

Womui
Womui