सुरक्षित शहरका विषयमा अन्तरक्रिया

33

नेपालगन्ज-सुरक्षित शहरका विषयमा बालबालिका, महिला, पुरुष तथा स्थानीय सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको केही वडा लगायत विभिन्न ६ ठाउँमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । बालबालिका तथा महिलाहरु हरेक सार्वजनिक स्थानमा निर्धक्क भएर हिडडुल गर्न पाउनु र बालबालिका तथा महिला सुरक्षित भएको महसुस गर्न र गराउनका लागि यस बिषयमा छलफल गरिएको हो ।

बालबालिका तथा महिलाहरु सार्बजनिक स्थान जस्तै सडक, मन्दिर, पाटी, बसपार्क, सिनेमा हल, सार्वजनिक यातायातको बसहरुमा बालबालिका तथा महिलाहरु असुरक्षित रहने गर्दछन् । यसका लागी सरोकार वाला निकायलाई ध्यानकर्षण गराउनका लागी समूहिकरुपमा पहल गर्ने भनि छलफल गरिएको हो । यसका लागी गली गलीमा बिजुली बत्तीको ब्यवस्था गर्ने, चौक चौकमा महिला प्रहरी बीट राख्ने, मन्दिर, सिनेमाहल, बसपार्क वरिपरि पनि चौबिसौ घण्टा महिला प्रहरीको अनिवार्य रुपमा उपलब्धता रहनु पर्ने भनि छलफल भएको हो । छलफलमा समुदायका महिला, किशोरी तथा बालबालिकाले आफुले भोगेका तथा महसुस गरेका असुरक्षाका बारेमा जानकारी गराउनुका साथै त्यस्ता असभ्य र अपराधिक क्रियाकलाप रोक्न पहल गर्नका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

Womui
Womui