‘काँग्रेसको प्रचारबाट विपक्षी दल आत्तिए’ : सिग्देल

61

नेपालगन्ज-नेपाली काँग्रेस केन्द्रिय प्रचारप्रसार उप–समितिका उप-संयोजक एवम् नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पश्चिम नेपालका विभिन्न जिल्लामा भइरहेका चुनावी गतिविधीबारे जानकारी लिएका छन् । सात नम्बर प्रदेशको कैलाली हुँदै पाँच नम्बर प्रदेशको बर्दिया पुगेर बाँके आईपुगेका अध्यक्ष सिग्देलले ती जिल्लामा काँग्रेसको पक्षमा भइरहेको प्रचार–प्रसारबारे जानकारी लिएका हुन् । ‘हरेक ठाउँमा काँग्रेसको पक्षमा व्यापक जनलहर सिर्जना भएको छ, आक्रामक प्रचार–प्रसारले प्रतिस्पर्धी दलहरु आत्तिएको मैले पाएँ, जनताको भरोसा पनि काँग्रेसप्रति नै छ,’ उनले भने ।

बाँके, बर्दिया, दाङ र पूर्वी रुकुमको चुनावी गतिविधीबारे रिेपोर्टिङ गर्न स्थापना भएको नेपालगन्जस्थित प्रदेश नम्बर ५ को नेपाली काँग्रेसको मिडिया सेन्टरको आइतबार निरिक्षण गरेका सिग्देलले भने, ‘अझ सशक्त ढंगले प्रचार–प्रसारमा जुट्न र काँग्रेस उम्मेदवारका पक्षमा माहोल बनाउन सबै प्रजातन्त्रवादी पत्रकारलाई म आग्रह पनि गर्दछु ।’ नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य समेत रहेका युनियन अध्यक्ष सिग्देलले सबैलाई एक जुट भएर चुनावमा होमिन आग्रह पनि गरे ।

Womui
Womui