कँडेललाई मतदाताको सकारात्मक प्रतिक्रिया

68

नेपालगन्ज-एकिकृत राप्रपा(राष्ट्रवादी)बाट प्रतिनिधी सभा–२ बाँकेका उम्मेदवार तेजनारायण कँडेलप्रति मतदाताहरु देखिएका छन् । चुनावी अभियानलाई निरन्तरता दिइरहेका उम्मेदवार कँडेल आईतबार पनि मतदाता भेटघाटमा सक्रिय रहे । उनले नेपालन्जका विभिन्न स्थानमा घरदैलो गरेको बताएका छन् ।

नेपालगन्जको भृकुटीनगर र आर्दशनगरमा मतदातालाई भेटघाट गरि आफूलाई मतदान गर्न आग्रह गरेका थिए । मतदातालाई भेट्दा सकारात्मक धारणा आइरहेको उनले बताए । कँडेलले भने, ‘बाँके क्षेत्र नम्बर २ का मतदाता अन्यौलमा हुनुहुन्छ, यसपटक मलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’ आम मतदाताको गुनासो ठूला दललाई जिताएर विगतमा केहीपनि विकास नभएको भन्ने रहेको कँडेलले बताए । ‘यसपटक चुनाव जित्ने पालो तपाईको हो भनेर जनताले भनिरहेका छन्,’ उनले भने ।

 

 

Womui
Womui