लोकतान्त्रिक गठबन्धनका धमाधम प्रचार–प्रसार कार्यालय

49

नेपालगन्ज–नेपाली काँगे्रस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनले प्रतिनिधी सभा र प्रदेश सभाको २१ गतेको निर्वाचनलाई लक्षित गर्दै नेपालगन्जमा धमाधम सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । बुधबार मात्र नगर क्षेत्रमा ३ वटा वडामा प्रचार–प्रसार कार्यालय सञ्चालनमा ल्यायो । नेपालगन्ज वडा नम्वर ५, वडा नम्वर ६ र वडा नम्वर १८ मा प्रचार–प्रसार सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो ।

लोकतान्त्रिक गठबन्धनको प्रचार–प्रसारको व्यापकताका लागी प्रचार-प्रसार कार्यालय सञ्चालनमा ल्याइएको हो । गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा ख का उम्मेदवार सुरेन्द्र हमाल लगायतका नेता तथा कार्यकर्ता सहभागी समारोहमा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र नेपाली काँगे्रस बाँकेका सभापति किरण कोईरालाले कार्यालयको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै डा. राणाले कम्यूनिष्टहरुले स्थायी सरकारका नाममा सत्ता कव्जा गर्न खोजेको भन्दै जनताले त्यसलाई स्वीकार नगर्ने जिकिर गरे । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार इमान्दार, जनप्रीय भएकाले जित निश्चित भएको पनि स्पष्ट पारे । यस्तै काँगे्रस सभापति किरण कोइरालाले वाम गठवन्धन कागे्रस विरुद्धको मात्र नभई लोकतन्त्र विरुद्धको भएको बताईन् । उम्मेदवारद्धय हमाल र आजादले नेपालगन्जको वास्तविक समस्यालाई आफुहरुले बुझेको भन्दै लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गरे ।

काँगे्रस वडा इकाई सभापति मेराज हमद हलवाईको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति रमेश गुप्ता, राप्रपा बाँके अध्यक्ष नरेन्द्र पोैडेल लगायतले बोलेका थिए । यस्तै वाड नम्बर ६ मा काँगे्रसका इकाई सभापति जमालुद्धिन बागवान, राप्रपाका ईकाई सभापति अरुण थापाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा महामन्त्री डा. राणले प्रचार–प्रसार कार्यालय उद्घाटन गरे । यस्तै वडा नम्बर १८ मा पनि राप्रपा महामन्त्री डा. राणा र काँगे्रस सभापति कोईरालाले प्रचार–प्रसार कार्यालय उद्घाटन गरेका थिए ।

Womui
Womui