तीव्र गतिमा रहेको जिपले ठक्कर दिँदा एकको मृत्यु

52

दाङ, वैशाख १५-

तीव्र गतिले गुडिरहेको जिपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । राप्ती गाउँपालिका अन्तर्गत मौरीघाटमा लु१ख ७७७४ नम्बरको जिपले ठक्कर दिँदा  कपिलवस्तु भृकुटी नगरपालिका निवासी २० वर्षीय सन्दीप भुसालको मृत्यु भएको हो । मृतक भुसाल भृकुटी नगरपालिका कपिलवस्तु जिल्ला निवासी हुन् । उनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न जिपसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Womui
Womui