चितुवाको छालासहित सुतार पक्राउ

41

बैतडी, वैशाख ६-

जिल्लास्थित पाटनबाट चितुवाको छालासहित एक व्यक्ति पक्राउ परेका छन् । पाँच फिट ९ इन्च लम्बाइ र २ फिट चौडाइको चितुवाको छालासहित शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतारलाई जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका  सुतारलाई वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (परिमार्जित २०७३) अनुसार २० हजारभन्दा माथि जरिवाना र ६ महिना कैद हुने जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए। पक्राउ परेका सुतारलाई प्रहरीले बुधबार जिल्ला वन कार्यालयको जिम्मा लगाइएको थियो ।

Womui
Womui