कुनै पनि बहानामा चुनाव राेकिँदैनः उपप्रधानमन्त्री थापा

41

दाङ, वैशाख ५-

Kamal Thapaअब कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नरोकिने उपप्रधानमन्त्री कमल थापाले बताएका छन् । मधेस केन्द्रित दल पनि सहमतिमा आए चुनाव दुई चरणमा गर्न सकिने विचार व्यक्त गर्दै उपप्रधानमन्त्री थापाले कुनै बहानामा अब चुनाव नरोकिने र तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गरेका हुन् ।

मधेसी मोर्चालाई पनि स्थानीय तहको निर्वाचनमा सहभागी गराएर चुनाव गराउने उपप्रधानमन्त्री कमल थापाले बताएका छन् । स्थानीय तहको निर्वाचनमा सबै दललाई सहभागी गराउने विषयमा छलफल भइरहेको बताउँदै उनले रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा यस्तो बताएका हुन् । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले  स्थानीय तहको निर्वाचन ऐतिहासिक महत्वको भएकाले चुनावको विरोधमा रहेका दललाई एकपटक पुनःविचार गर्न आग्रह गरेको बताए । उनले कार्यक्रममा मधेसी केन्द्रित दललाई इंगित गर्दै भने, ‘अझै पनि केही बिग्रिएको छैन, सहमतिका आधारमा निकास खोज्न सकिन्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका थापाले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नुलाई अराजनीतिक र असंवैधानिक बताउँदै त्यो निर्णय उपर पुनर्विचार नभए जस्तोसुकै कठोर निर्णय गर्न पार्टी तयार रहेको बताए ।

Womui
Womui