नगरपरिषदको तयारी- झण्डै एक हजार योजनाको समिक्षा

146

arniko-suppliers-copy

नेपालगन्ज, पुस २१-
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४/७५ अन्तगर्त २५ औं नगर परिषदका लागि छनोट वडा भेलाका योजना सार्वजनिक गरिएको छ । सरोकारवाला एवम् विषयगत कार्यालयको समेत उपस्थिती रहेको एकिकृत योजना तर्जुमा समितिको बिहीबारको बैठकमा प्रस्तुत योजना तथा कार्यक्रमको समिक्षा गर्दै आगामी परिषदमा पेश गरिने भएको हो ।

एकिकृत योजना तर्जुमा समितिको बैठकमा उपस्थित राजनीतिक दलका प्रतिनिधी ।
एकिकृत योजना तर्जुमा समितिको बैठकमा उपस्थित राजनीतिक दलका प्रतिनिधी ।

पुष २८ गते हुने परिषदका लागि पुष ९ गते २८ वटै वडा भेलाबाट योजना छनौट गरिएका हुन् । वडागत योजना प्राथमिकिकरण विवरण अनुसार विभिन्न शिर्षकमा ६ सय ४१ वटा योजना आएका छन, भने जिविस र केन्द्रबाट माग गर्ने ३ सय २५ योजना तथा कार्यक्रम रहेका छन् । आगामी वर्षका लागि उपमहानगरपालिकाले अनुमानित आय आन्तरिक श्रोत १५ करोड ५० लाखको ५० प्रतिशतले हुने रकम ७ करोड ७५ लाख समेत हुने गरी अनुदान सहित जम्मा पुँजीगत २१ करोड २७ लाख ७३ हजार आठ सय ५० वजेट सिलिङ गरेको छ । उपमहानगरपालिकाका प्राविधिक तथा योजना शाखा प्रमुख एवम् इन्जिनियर सुरज गुप्तले प्रस्तुत गरेको योजना तथा कार्यक्रममा महिला लक्षित एक सय ३, बालबालिका एक सय ८७, अन्य लक्षित वर्ग एक सय ३५, साधारण पुर्वाधार ६७, प्रवद्र्धनात्मक एक सय ४०, सीमा क्षेत्र ९, जिविसबाट माग गर्ने २ सय २९ र केन्द्रबाट माग गर्ने ९६ रहेका छन् ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरीराज ज्ञवालीले विकेन्द्रीकरणको मर्म अनुसार स्थानीस्तरबाट निर्धारण गरिएका योजनालाई अधिकतम परिपुर्ती गर्ने प्रतिवद्धता व्यक्त गरे । उक्त बैठकमा उपमहानगरपालिका अन्तगर्त शाखा प्रमुख, राजनीतिक दलका प्रतिनीधी, वडा नागरिक मञ्चका पदाधिकारी, सामाजिक परिचालक, साझेदार संघ, संस्थाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

Womui
Womui