बेचविखनविरुद्ध अभियान चलाउने प्रतिवद्धता

112

arniko-suppliers-copy

नेपालगन्ज, पुस १५-
मानव बेचविखन न्यूनिकरणका लागि बाँकेका विभिन्न विद्यालयका शिक्षकले ब्यक्तिगत र सामूहिक पहल गर्ने कार्ययोजना तयार पारेका छन् । माध्यमिक विद्यालयका शिक्षकका लागि आयोजित २ दिने कार्यशालामा बाँकेका १४ वटा विद्यालयका २८ जना शिक्षकले कार्य योजनासहित मानव वेचविखन न्यूनिकरणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

maiti

कार्यशाला समापनको अवसरमा शुक्रबार प्रतिवद्धता पत्र जारी गर्दै शिक्षकहरुले आफ्नो विद्यालयका विद्यार्थीलाई मानव वेचविखनको जोखिम, जोगिने उपाय, दलालले अपनाउने रणनीति, तौरतरिकाको बारेमा जानकारी दिने, निगरानी बढाउने, सम्बन्धित निकायसँग समन्वय गर्ने, विशेष स्थानमा हुने गफगाफका क्रममा मानव वेचविखनबाट जोगिने उपाय र विद्यमान अवस्थाको बारेमा अवगत गराउने जनाए ।

300x250-px-rapti-bheri-hotel

शिक्षकहरुले विद्यार्थीलाई समूहगत रुपमा अभिमूखिकरण गराउने, विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप अन्र्तगत बक्तृत्वकला, निवन्ध प्रतियोगिता जस्ता मानव वेचविखन विरुद्धका प्रतियोगिता गराउने भएका छन् । ‘पर्व र उत्सवमा मानव वेचविखन विरुद्धका सचेतना अभियान सञ्चालन गर्ने प्रतिवद्धता सहितको कार्ययोजना शिक्षकले बनाएका छन्,’ माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले भने ।

कार्यशाला समापनका अवसरमा बोल्दै प्रभात मावि जी गाउँका प्रधानाध्यापक खुमलाल शर्माले मानव वेचविखन सामाजिक समस्य भएकाले न्यूनिकरणका लागि सवैको साझा पहल हुन जरुरी भएको औंल्याए । उनले मानव वेचविखन विरुद्धको अभियानमा क्रियाशील भएर लाग्ने प्रतिवद्धता जनाए ।

Womui
Womui