बैजापुरको साढे एक करोड बढी बजेट

36

नेपालगन्ज, पुस १५-
बाँकेको बैजापुर गाविसले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि साढे एक करोड बढीको बजेट प्रस्ताव गरेको छ । शुक्रबार सम्पन्न २४ औं गाउँ परिषदले आगामी आर्थिक वर्षका लागि एक करोड ७३ लाख ५६ हजार रुपैयाँको बजेट विनियोजन गरेको हो । गाविस सचिव रामु केसीका अनुसार पुँजीगत खर्चतर्फ ८१ लाख १८ हजार रुपैयाँ, सञ्चालन खर्चतर्फ १४ लाख ८० हजार र सामाजिक सुरक्षा भत्ताका लागि ७७ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । सडक निर्माण, पुलपुलेसा, आयआर्जन तथा सीपमुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको सचिव केसीले बताए ।

Womui
Womui