आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिममा हुने भएपछि खुसीयाली

87

arniko-suppliers-copy

नेपालगन्ज, पुस १५-
आठौं राष्ट्रिय खेलकुद दुई बर्षपछि मध्यपश्चिममा हुने भएपछि यसक्षेत्रका बासिन्दाले निर्णयको स्वागत गरेका छन् । राष्ट्रिय खेलकुद परिषदले बृहत आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिममा गर्ने शुक्रबार निर्णय गरेको हो । सातौं राष्ट्रिय खेलकुद समापन समारोहमा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली र राखेपका सदस्य सचिव केशव बिष्टले संयुक्त रुपमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई जिम्मेवारी सुम्पिए ।

नेपालगन्जको धम्बोझी चोकमा शुक्रबार गरिएको दीप प्रज्वलन  ।
नेपालगन्जको धम्बोझी चोकमा शुक्रबार गरिएको दीप प्रज्वलन ।

पुर्वाञ्चलको धरानमा शुक्रबार मध्यपश्चिम क्षेत्रलाई झण्डा हस्तान्तरण गरिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन र सम्पुर्ण खेलाडीलाई साक्षी राखेर राखेपले झण्डा हस्तारन्तरण गरियो । सोही समारोहमा नवौं राष्ट्रिय खेलकुद पश्चिमाञ्चल क्षेत्रमा आयोजना गर्ने निर्णय भइसकेको पनि परिषदले जानकारी दिएको थियो । बृहत राष्ट्रिय खेलकुदको आठौं संस्करण मध्यपश्चिममा हुने भएपछि यसक्षेत्रका खेलाडी, प्रशिक्षक, खेलकुद प्रेमी, व्यापारी, नागरिक समाज लगायतले खुशीयाली मनाएका छन् ।

विभिन्न खेल संघहरुले सरकारको निर्णयको स्वागत गर्दै शुक्रबार बेलुका स्थानीय धम्बोझी चोकमा दीप प्रज्वलन गरेका छन् ।  बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, एथलेटिक्स संघका अध्यक्ष विक्रमजंग थापा, भारोत्तोलन संघका अब्दुल वाहिद मन्सुरी रोहित टण्डन, क्रिकेट संघ अध्यक्ष दुर्गा थापा, सुटिङ संघका अध्यक्ष रोहित टण्डन, बदरुदीन अन्सारी लगायतले संयुक्त विज्ञप्ती जारी गरेर उक्त निर्णयको स्वागत गरेका छन् ।

Womui
Womui