जिफन्टको ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन

41

कोहलपुर, पुस ८
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बाँकेको ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । शुक्रबार भएको जिल्लास्तरीय विस्तारित भेलाले कृष्ण रानाभाटको संयोजकत्वमा कमिटी गठन गरिएको हो ।
सदस्यहरूमा अम्मरबहादुर वgefontflagली, तारा जोशी, रमण ओली, तुलसी रावत, डिलबहादुर गुरुङ, खेम शर्मा, अम्मर बिष्ट र मनकुमारी सिलवाल छन् ।
प्रादेशिक संरचना अनुरुप महासंघलाई लैजाने उद्देश्यले पहिलोपटक कमिटी गठन गरिएको प्रदेश नम्बर ६ का सचिव तथा भेरी–कर्णाली पूर्व अञ्चल पूर्ण केसीले जानकारी दिए । आयोजक कमिटीले तीन महिनामा जिल्ला समितिको निर्वाचन गराउनुका साथै महासंघमा आवद्ध युनियनको निर्वाचन गराउने, संगठन सुदृढीकरण अभियानमा कमिटी क्रियाशील हुने उनले बताए ।
भेलामा प्रमुख अतिथि मधुसुदन खतिवडा( प्रदेश नम्बर ५ का संयोजक), हरि कार्की (प्रदेश नम्बर ५ संयोजक समितिका सचिव), टिएन रावत (बाँके जिल्ला इन्चार्ज), पूर्ण चन्द्र उपाध्याय (५ नम्बर प्रदेशको सचिवालय सदस्य), निरक गुरुङ (नेकपा एमाले बाँकेका उपाध्यक्ष), अब्दुल हुसैन खाँ (नेकपा एमालेका मोर्चा संयोजक) र कुलबहादुर भट्टराई (नेकपा एमालेका मजदुर इन्चार्ज)को उपस्थिति रहेको थियो ।

Womui
Womui