केटी जिस्काएपछि स्थानीयद्वारा मोटरसाइकलमा आगो

36

दाङ, पुस ७-

जिल्लामा केटी जिस्काएको भन्दै मोटरसाइकलमा आगो लगाइएकाे छ । जिल्लास्थित एक बिहेमा गएका व्यक्तिले केटी जिस्काएपछि ती व्यक्तिको मोटरसाइकलमा आगो लगाइएको हो । धर्ना गाविस वडा नं. २ कप्तान चोकमा बिहेमा गएका सौडियार ४ निवासी राज चौधरीले केटी जिस्काउँदा उनको रा१प५३६१ नम्वरको मोटरसाइकलमा स्थानीयले आगो लगाएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए। केटी  जिस्काएको विषयले उग्ररुप लिँदा  सौडियार चौधरी भागेर ज्यान जोगाउन सफल भएका थिए।  केटी जिस्काउँदा स्थानीय आक्रोशित आगो लगाएको मोटरसाइकल पूर्णरुपमा ध्वस्त  भएको छ ।

Womui
Womui