निजामती कर्मचारी संगठनको महाधिवेशन सुरु

122

नेपालगन्ज, मंसिर २७-
एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय महाधिवेशन सोमबारबाट नेपालगन्जमा सुरु भएको छ । महाधिवेशनको एक समारोहका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । संगठनका केन्द्रिय अध्यक्ष मोहन घिमिरेको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्ने निजामती कर्मचारीले आफ्नो पेशामा विभिन्न समस्या र चुनौती रहेको बताए । सो अवसरमा आधिकारिक टे«ड युनियनका केन्द्रिय अध्यक्ष पुण्य पौडेल लगायतले बोलेका थिए ।

उद्घाटन हुनुअघि नेपालगन्जमा बृहत ¥याली निकालिएको थियो । प्रतिनिधी चयनमा मनोमानी गरिएको भन्दै महाधिवेशन स्थलमा नारावाजी समेत भएको थियो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समुह पक्षका कर्मचारीबीच प्रतिनिधी चयनका विषयमा विवाद भएको हो । विवाद समाधान नहुँदा नहुँदा दिउँसो १ बजेका लागी तोकिएको उद्घाटन कार्यक्रम झण्डै तीन घण्टा ढिलो भएको थियो ।

तीन दिन सम्म चल्ने महाधिवेशनमा मुलुकभरबाट ८ सय प्रतिनिधी र २ सय जना स्वदेशी र विदेशी पर्यवेक्षक तथा अतिथीको सहभागिता भएको संगठनले जनाएको छ । महाधिवेशनमा निजामती प्रशासनमा देखा परेका समस्या, चुनौती र बेथितीका विषय खुलेर छलफल गरिने संगठनका अध्यक्ष घिमिरेले जानकारी दिए । महाधिवेशनले आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । नयाँ नेतृत्वका लागी वर्तमान अध्यक्ष सहित केहीले आकांक्षा देखाएका छन् ।

Womui
Womui