पुर्वप्रधानमन्त्री ओलीको चीन भ्रमण रद्ध

98

काठमाडौं, मंसिर २१-
पुर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली उत्तरी छिमेकी चीन भ्रमणमा नजाने भएका छन् । यसअघि ओली बिहीबार चीन जाने कार्यक्रम भए पनि देशको विकसित राजनीतिक घटनाक्रमले उनको चीन भ्रमण रद्ध गरिएको एमाले निकट स्रोतले जनाएको छ ।

kp oli pic

चीनको हेवेई प्रान्तमा हुने इमर्जिङ मार्केट फोरमको सम्मेलनमा सहभागी हुन ओली बिहीबार चीन जाने कार्यक्रम थियो । स्रोतका अनुसार ओलीको साटो एमाले महासचिव ईश्वर पोखरेल चीन जाने भएका छन् । सो सम्मेलनमा कांग्रेस नेता रामशरण महत, माओवादी केन्द्रका नेता वर्षमान पुन लगायतका नेता पनि चीन जान लागेका छन् । सम्मेलनमा आफ्नो प्रस्तुति देखाउन एउटा नेपाली सांस्कृतिक टोली पनि चीन जाने बताइएको छ ।

Womui
Womui