बाढीमा परी थाईल्याण्डमा १४ को मृत्यु

65

थाईल्याण्ड, मंसिर २१-
केहीदिन यता लगातार रुपमा भीषण बर्षा र बाढीका कारण दक्षिणी थाइल्याण्डमा १४ जनाको मृत्यु भएपछि बर्षा र बाढीबाट बढी प्रभावित क्षेत्रका ११ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा पनि गरिएको सरकारले मंगलबार जानकारी दिएको छ । गतहप्ता भीषण बर्षाले दक्षिणी थाइल्याण्डको मध्य भागलगायत प्रख्यात पर्यटकीयस्थल कराबी, कोह सामुई लगायत स्थानमा ठूलो असर पारेको र जसका कारण केही उडान सेवाहरु समेत प्रभावित भएको थियो ।

thailand

भारी बर्षा र बाढीका कारण अहिले सम्म ८८ जिल्लाका पाँच लाख ८२ हजार ३४३ जना प्रभावित भएको र १४ जनाको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी पछिल्लो प्रतिवेदनमा जनाइएको छ । मन्त्रालयद्धारा जारी विज्ञप्तिमा अहिलेसम्म कम्तीमा तीन जना हराइरहेका र अरु तीन जना घाइते भएका जनाइएको छ ।

Womui
Womui